प्रधानमन्त्री प्रचण्डसँग कतारका विदेश राज्यमन्त्रीकाे शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्डसँग कतारका विदेश राज्यमन्त्रीकाे शिष्टाचार भेट


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् । 

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनीहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो । 

Logo