दण्डहीनता अन्त्यका लागि ७८ वर्षीय वृद्धले घोषणा गरे आमरण अनशन

दण्डहीनता अन्त्यका लागि ७८ वर्षीय वृद्धले घोषणा गरे आमरण अनशन


काठमाडौंका ७८ वर्षीय टंकप्रसाद आचार्यले सोमबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । 

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको गर्दै उनले देशको आर्थिक न्यायिक कानुनी अवस्थाको परिवर्तन गराउन आमरण अनशन थाल्ने घोषणा गरेका हुन् । सर्वोच्च अदालतले दण्ड, सजाय दिनुपर्ने र जेल पठाउनु पर्ने अपराधीहरुलाई छुट दिएको आरोप लगाउँदै उनले दण्डहीनताको अवस्था परिवर्तनको माग लिएर अनशन बस्ने बताए । 

सर्वोच्च अदालत अराजनीतिक चरित्रका मानिसको पछि लागेको उनको आरोप छ ।  ऐन, कानुन, नियम र संविधानको पालना गराउन न्यायिक निकाय असक्ष्म देखिँदा आफूलाई चित्त नबुझेको उनको भनाइ छ । 

उनले भने, ‘हाम्रो देश आर्थिक संकटमा अवस्था छ । त्यसको जाँच गर्नुपर्ने सर्वोच्च अदालतले हो । अदालत पनि अराजनीतिक चरित्रका मानिसको पछि लागेको अवस्थामा छ । अदालत नै उनीहरुको कब्जामा भएको हुनाले ऐन, कानुन, नियमको पालना केही पनि हुँदैन ।’ 

दण्डहीनताको अन्त्यका लागि आफूले दबाब दिन सत्याग्रहको बाटो राजेको उनले बताएका छन् ।  

Logo