महिला प्रिमियर लिगको अक्सन मिति तोकियो

महिला प्रिमियर लिगको अक्सन मिति तोकियो


महिला प्रिमियर लिग २०२४ को अक्सन डिसेम्बर ९ मा मुम्बईमा हुने भएको छ ।  अक्सनमा महिला क्रिकेटरहरुका लागि टिमहरुले राम्रो लगानी गर्न सक्ने अनुमान छ । 
डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्ससहित लगभग सबै टोली यस अक्सनका लागि तयार छन् ।

यसअघि सबै टिमले ६० खेलाडीलाई रिटेन गरेका थिए । जबकि टोलीले धेरै ठूला खेलाडीलाई पनि रिलिज गर्ने निर्णय गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले हरमनप्रीत कौर र अमनजोत कौरलाई रिटेन गरेको छ । युपी वारियर्सले एलिसा हिली, दीप्ती शर्मा र ग्रेस ह्यारिसलाई रिटेन गर्ने निर्णय गरेको छ । यसबाहेक बैंगलोरले एलिस पेरी, हेदर नाइट र रेणुका सिंहलाई रिटेन गरेको छ । गुजरातले अन्नाबेल सदरल्याण्डलाई रिलिज गरेको छ ।

मुम्बई इन्डियन्स –
रिटेन गरिएका खेलाडीहरूः अमनजोत कौर, अमेलिया केर, क्लो ट्रियोन, हरमनप्रीत कौर, हेली म्याथ्यूज, हुमैरा काजी, इसाबेल वोङ, जिन्टिमानी कलिता, नताली स्काइभर, पूजा वस्त्रकार, प्रियंका बाला, साइका इशाक, यास्तिका भाटिया ।

रिलिज भएका खेलाडीः धारा गुजर, हेदर ग्राहम, नीलम बिष्ट, सोनम यादव ।

रोयल च्यालेन्जर्स बैंगलोर –
रिटेन गरिएका खेलाडीहरूः आशा शोभना, दिशा कसाट, एलिस पेरी, हेदर नाइट, इन्द्राणी रोय, कनिका आहुजा, रेणुका सिंह, ऋचा घोष, श्रेयंका पाटिल, स्मृति मन्धाना, सोफी डेविन ।

रिलिज भएका खेलाडीः डेन भान निकेर्क, एरिन बर्न्स, कोमल जन्जाद, मेगन शुट, पूनम खेमनार, प्रीति बोस, सहाना पवार ।

यूपी वारियर्स
रिटेन गरिएका खेलाडीः एलिसा हिली, अञ्जली सरवानी, दीप्ती शर्मा, ग्रेस ह्यारिस, किरण नवगिरे, लरेन बेल, लक्ष्मी यादव, पार्श्वी चोपडा, राजेश्वरी गायकवाड, एस. यशश्री, श्वेता सेहरावत, सोफी एक्लेस्टोन, ताहलिया म्याकग्रा ।

रिलिज भएका खेलाडीः देविका वैद्य, शबनिम इस्माइल, शिवली शिन्दे, सिमरन शेख

दिल्ली क्यापिटल्स
रिटेन गरिएका खेलाडीः एलिस क्याप्सी, अरुन्धति रेड्डी, जेमिमाह रोड्रिग्स, जेस जोनासेन, लौरा ह्यारिस, मारिजन क्याप, मेग ल्यानिङ, मिन्नु मणि, पुनम यादव, राधा यादव, शफाली वर्मा, शिखा पाण्डे, स्नेहा दिप्ती, तान्या भाटिया, तितास साधु ।

रिलिज भएका खेलाडीः अपर्णा मण्डल, जसिया अख्तर, तारा नोरिस ।

गुजरात जायन्ट्स –
रिटेन गरिएका खेलाडीः एश्ले गार्डनर, बेथ मुनी, दयालन हेमलता, हरलिन देओल, लौरा वोल्भार्ड, शबनम शकील, स्नेह राणा, तनुजा कन्वर।

रिलिज भएका खेलाडीः अन्नाबेल सदरल्याण्ड, अश्विनी कुमारी, जर्जिया वेयरहम, हर्ले गाला, किम गर्थ, मानसी जोशी, मोनिका पटेल, पारुनिका सिसोदिया, सबिनेनी मेघना, सोफिया डंकले, सुष्मा वर्मा । 

Logo