आजबाट जोरपाटीमा बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा

आजबाट जोरपाटीमा बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा


बाजेको सेकुवाको १७औं शाखा काठमाडाैंकाे जोरपाटीमा सञ्चालनमा आउने भएकाे छ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकस्थित चामुण्डा गेटको नजिकै आजबाट  बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा आउने भएकाे हाे । 

निकै आकर्षक डिजाइनमा डिजाइन गरिएको उक्त बाजेको सेकुवा उद्घाटनको अवसरमा १६ गतेसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यहाँ चिसो तातो पेय पदार्थ तथा लोकप्रिय परिकार सेकुवाका साथै सुप, नेपाली र इन्डियन लोकप्रिय खाना खाजा सेट, ट्राउट माछा, पिज्जा, तन्दुरी, मुस्ताङको आलुका परिकार पाइने बताइएकाे छ ।

सञ्चालक शशी कुमार भण्डारीका अनुसार शान्त एवं पारिवारिक वातावरणका साथ बालबालिकाको लागि खेल्ने ठाउँ समेत रहेको बाजेको सेकुवामा पर्याप्त पार्किङको व्यवस्था समेत रहेको छ । यहाँ मिटिङ रुम र फेमिलि रुम १० वटा रहेको छ भनें ८० जना सम्मको लागि मिटिङ, सेमिनार गर्ने सुविधा पनि छ । 

बर्थ डे पार्टी, अन्नप्रासन लगायतका पारिवारिक कार्यक्रमको लागि समेत उपयुक्त रहेको बाजेको सेकुवा जोरपाटीमा भोज तथा पार्टीका लागि सेकुवा लगायतको अर्डर गर्न सकिनेछ । एक हजारसम्मको अर्डरको फ्री डेलिभरी र फ्री होम प्याकिङको सुविधा रहेको छ ।

बाजेको सेकुवा बिहान ९ बजे देखि बेलुका साढे १० बजेसम्म खुल्नेछ । 

Logo