एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको जित

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको जित


इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा एलेजान्द्रो गार्नाचो, मार्कस राशफोर्ड र एन्थोनी मार्सियलले एक-एक गोल गरेका थिए। यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको आठौँ जित हो। यो जितपछि १३ खेलमा म्यानचेस्टर युनाइटेडको २४ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

त्यसैगरी एभर्टनको भने यो यस सिजनमा सातौं हार हो। १३ खेलमा एभर्टनको केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ। एभर्टनलाई प्रिमियर लिगको नियम तोडेको आरोपमा यस सिजनमा १० अंक घटाइएपछि अप्ठ्यारोमा परेको छ।

Logo