धुलिखेलमा एकाबिहानै आगालागी

धुलिखेलमा एकाबिहानै आगालागी


धुलिखेलमा एकाबिहानै आगलागी भएको छ। धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजे आगलागी भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त आगलागीमा परी आगलागीबाट ढुंगाको ३ तल्ले घर र एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागी कसरी सुरु भयो? भन्ने बारेमा छानबिन भइरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। 

Logo