#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605602136730530071472681569
नेपाल140161176219

छक्का पन्जा टिमलाई पल शाहको काउन्टर, गरे ५ लाख सहयोग

लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपाली चलचित्र क्षेत्रका प्राविधिकहरूको समस्यालाई ध्यानमा राख्दै चलचित्र निर्माता तथा कलाकार दीपक राज गिरी लगायत छक्का पन्जा टिमले १ लाख १० हजार सहयोग गरेको केहि घण्टामै अभिनेता पल शाहले भारी रकम सहयोग गर्दै छक्का पन्जा टिमलाई काउन्टर गरेका छन् ।

पलले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपैँया सहयोगको घोषणा गर्दै छक्का पन्जा टिमलाई काउन्टर गरेका हुन् । पलले उक्त सहयोग रकम चलचित्र प्राविधिक संघ नेपाल (नेफ्टा) मार्फत वितरण गर्ने बताएका छन् ।

छक्का पन्जा टिमको तर्फबाट ५ जना कलाकर्मी मिलेर उक्त १ लाख १० हजार रकम सहयोग गरेका थिए । तर दीपकले रकम घोषणा गरेको केहि समयमै पल एक्लैले ५ लाख सहयोगको घोषणा गर्दा पलले छक्का पन्जा टिमलाई सटायर हानेको बुझ्न सकिन्छ ।

सम्बन्धित समाचारहरु