छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित

छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित


नेपालकै प्रतिष्ठित ब्राण्ड एवं अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालि छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मनित भएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सुचीकृत रोजगारदाताहरुमध्ये आ.व. २०७९/८० मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडिङ प्रालि उत्कृष्ट हुन सफल भएको हो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरे।   सिप्रदी ट्रेडीङ प्रालि अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा अगाडी बढिरहेको कम्पनी हो। साथै एक्साइड ब्याट्रिज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायतको पनि वितरक हो।

Logo