शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा

शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा


शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ। कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ।

सिनेमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ। विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाई सिनेमाका निर्माता हुन्।

सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको सिनेमा चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ।

‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

Logo