खाद्य कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्‍यो

खाद्य कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्‍यो


खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ। पश्चिम तराईका ४ वटा कम्पनीका शाखाबाट पछिल्लो पटक ३० हजार क्विन्टल धान खरिद गरिएको हो।  कम्पनीले देशभरका ११ वटा जिल्ला स्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ।

झापाको बिर्तामोड, मोरङको विराटनगर, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालजन्ग, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ। यो वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ। 

यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद प्रक्रिया सुरु गरेको छ। सुदूरपश्चिममा पर्ने कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालजन्गबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीले जनाएकाे छ। 

Logo