केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

केपी ओली कपको सेमिफाइनल समीकरण पूरा


पोखरामा जारी ‘केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  पोखरा रङ्गशालामा जारी प्रतियोगितामा समूह ‘ए’ बाट बागमती प्रदेश, समूह ‘बि’ बाट एपिएफ क्लब र समूह ‘सि’ बाट मधेस प्रदेश र समुह समूह ‘डि’बाट नेपाल आर्मी सेमिफाइनलमा पुगेका छन् । 

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र बागमती प्रदेश तथा तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । 

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु. पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु. दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु. ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।   

Skip This
Logo