दुर्गा प्रसाईं समूहले आज साँझ पाटनमा राँके जुलुस निकाल्दै

दुर्गा प्रसाईं समूहले आज साँझ पाटनमा राँके जुलुस निकाल्दै


मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको नागरिक मुक्ति अभियानअन्तर्गत आज बेलुकी साढे ५ बजे पाटनमा राँके जुलुस निकाल्ने भएका छन् ।

अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले केन्द्रबिन्दुसँग कुराकानी गर्दैँ भने ‘हाम्रो अभियान अहिले जिल्ला केन्द्रित भएको छ, जसअन्तर्गत आज साढे पाँच बजेको हाराहारीमा पाटनमा राँके जुलुस गदैँछौ ।’ ‘हामीले काठमाडौं केन्द्रित आन्दोलनबाट बुझ्यौं सहभागी हुनु भएका सबैको उदेश्य एउटै रहेन छ, हामीले संगठन बलियो बनाउनु पर्ने रहेछ, जसको लागि हाम्रो संगठन जिल्ला–जिल्लामा छिट्टै विस्तार गर्नेछौँ, सोही कार्यका लागि आन्तरिक तयारी भइरहेको छ ।’

मेडिकल व्यवसायी प्रसाईंले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महा–अभियानअन्तर्गत ‘बृहत् नागरिक मूक्ति आन्दोलन’ मंसिर ७ गतेबाट सुरु भएको थियो । सुरुको दिनमा निकै जन–सहभागिता रहेको सडक आन्दोलनमा क्रमश संख्या घट्दै गएको देखिन्छ ।

अभियानअन्तर्गत सोमबार गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास सहित १५ जना आन्दोलनकर्ता प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थिए । त्रिशूलसहित सडकमा निस्किएका धर्मगुरु श्रीनिवासलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Logo