#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व606058336742730084802684676
नेपाल140161176219

अध्यक्ष राणाको प्रश्न, आर्थिक अनियमितता गर्नेलाई कारवाही गर्नु पर्दैन ?

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले स्वास्थ्य सामाग्री खरिदमा आर्थिक चलखेल गर्नेमाथि कारवाही नगरेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । अध्यक्ष राणाले शनिबार ट्वीट गर्दै सरकारसँग प्रश्न गरेका हुन् ।

त्यस्तै उनले स्वास्थ्य सामाग्री खरिदमा उपप्रधान एवं रक्षामन्त्री, मन्त्री, सल्लाहकार र कर्मचारी संलग्न हुनुलाई प्रधानमन्त्रीसम्म दुर्गन्ध पुग्यो कि पुगेन भन्दै जवाफ माग गरेका छन् । उनले गत बुधबार काठमाडौं प्रेसमा प्रकाशित समाचार सिस्टम कब्जा गरी हटाइएको विषयमा समेत आपत्ति जनाएका छन् । ‘सरकारका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार, कर्मचारी भ्रष्टाचारमा मुछिएको खबर छ । अनलाइन पत्रिकामाथि अवैध अवरोधको समाचार छ’–उनले ट्वीटरमा लेखेका छन्–‘अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीज्यूसम्म पुग्यो कि पुगेन ? स्वास्थ्य सामाग्री खरीद प्रकरणमा अख्तियारमार्फत कानुनी कारवाही किन अघि बढेन ? ।’

सम्बन्धित समाचारहरु