अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एकै ठाउँमा उभिनुपर्छः उपप्रधानमन्त्री खड्का

अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एकै ठाउँमा उभिनुपर्छः उपप्रधानमन्त्री खड्का


उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७औँ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर रहेको भन्दै अर्थतन्त्रको स्थायित्वको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘सरकार र निजी क्षेत्र लगायतका संस्थाहरु एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्वका लागि रचनात्मक संवाद र सहकार्य समानात्मक ढंगले अघि बढ्नु आवश्यक छ । अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भप्र छ । सुधार प्रयासहरु भइरहेको छ ।’

मन्त्री खड्काले बढ्दो आयात र घट्दो निर्यातको कारण अर्थतन्त्रद बावमा परिरहेको टिप्पणी गरे । विषम् परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सबैले प्रयास कायम राख्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘यो विषम् परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सम्पूर्ण प्रयासलाई कायम राख्नु आवश्यक छ । बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र दबावमा परिरहेको छ ।’

उनले पत्रकारिता बिना लोकतन्त्रको विकास अपूर्ण रहने पनि बताए ।

Skip This
Logo