#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605894636740530087372682804
नेपाल140161176219

नेपालमा बढ्दो कोरोना संक्रमितदेखि अमेरिकामाथि ‘मास्क चोर’ को आरोपसम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्ये नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ ।

यता कोरोना भाइरसको असरले देश चैत ११ गतेदेखि लकडाउनमा रहेको छ । यसलाई पूर्णरुपमा पालना गर्नका लागि सबै व्यवसायीहरु पनि व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बसेका छन् । लकडाउनमा कसरी दिन कट्दैछ उद्योगी व्यवसायीहरुको दैनिकी ? यस सम्बन्धि एउटा रिपोर्ट पनि आजको प्रमुख समाचार बनेको छ ।

यस्तै लकडाउनको सदुपयोग गरे कोरोना भाइरसबाट जोगिन सकिने एउटा रिपोर्ट पनि आजको प्रमुख समाचार बनेको छ ।

उता जर्मनीले अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाएको छ । आफ्नो अर्काे राज्यमा लैजान ठिक्क पारिएका दुई लाख थान मास्क अमेरिकाले लगेको भन्दै यस्तो आरोप लगाएको हो ।

यसैगरि कोरोना भाइरसले नछोएका विश्वका १८ वटा देश सम्बन्धि खोजमुलक रिपोर्ट पनि आजको प्रमुख समाचारभित्र परेको छ । हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु