संसदीय समितिमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल

संसदीय समितिमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल


विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ । 

शुक्रबार समिति सभाकक्ष सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा यसबारे छलफल भएको हो । बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले अपूर्ण प्रतिवेदनमाथि छलफल गरेको संकेत गर्दै समितिको अर्को बैठकसम्म पूर्ण गर्ने जानकारी दिइन् । 

उनले प्रतिवेदनमाकाथि छलफलले आफूलाई झन् महत्वपूर्ण विषय महसुस भएको भन्दै प्रतिवेदनलाई पढ्न लायक बनाएर राष्ट्रिय सभामा पेस गर्ने बताइन् । उनले भनिन्, ‘प्रतिवेदनलाई हामीले पूर्ण बनाउनु पर्छ । पूर्ण भएपछि पेस गर्न लायक बनाएर सदनमा लानुपर्छ । यो यति धेरै महत्वपूर्ण छ । अहिले छलफल गर्दा झन् अझ धेरै मलाई महत्वपूर्ण लाग्यो । अर्को बैठकमा हामी पूर्ण गरेर आउने छौ ।’ 

समिति सदस्य देवेन्द्र दाहालले उत्तरविधायिकी परीक्षण संसारकै ध्यान तान्ने विषय भएकाले यसलाई अन्तर्राष्ट्रिय रुपमा अध्ययन गर्न सकिने बताए । उनले यस विषयमा संसदीय समितिलाई, अध्ययनको क्षेत्रहरु बनाएर अध्ययन गर्न सुझाव दिए । 

उनले भने, ‘संसारकै ध्यान खिच्ने विषय भएकाले यसलाई हामीले अन्तर्राष्ट्रिय रुपमा नै अध्ययन गर्न सकिन्छ । यसलाई औपचारिकतामा सीमित नराखेर नेपालमा कानूनी व्यवस्था के थियो, समस्याहरु के छन्, संसदीय समितिले अध्ययन गर्नुपर्छ ।’

Logo