#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व680905639690131004333311722
नेपाल2912112568333

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध एक करोड सहयोग

काठमाडौँ ।

नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई एक करोड सहयोग गर्ने भएका छन् ।

स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इण्टरनेशनल गभर्नर डिष्ट्रिक ३२९२ किरणलाल श्रेष्ठले गरेका छन् ।

नेपालका विभिन्न स्थानमा रहेका १२४ क्लबका रोटरियनहरुले स्थानीयस्तरमा मास्क, खाद्यान्न, पिपिई, स्यानिटाइजर र कीटनाशक औषधि वितरण एवं सार्वजनिकस्थलमा हात धुने स्थान निर्माण तथा स्थानीय सरकारसँग मिलेर आइसोलेशन वार्ड र कोरोना सूचना केन्द्र निर्माण गरिरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार