#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व680266139671530957693310177
नेपाल2912112568333

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

काठमाडौँ ।
मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्फत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

मन्त्रालयका प्रवक्ता देवकोटाले भने, ‘ती महिला संक्रमित परिवारका सदस्य हुन् । उनको ट्राभल हिस्ट्रि छैन । यस कारणले नेपाल दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ ।’

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा नाक तथा मुखबाट निस्कने छिटाको माध्यमबाट सर्ने कोरोना भाइरसको जोखिम ग्रामीण तहमा पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार, शनिबार गरिएको परीक्षणमा नयाँ तीनजना व्यक्तिमा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । सुदूरपश्चिमका तीनै जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।

थपिएका संक्रमितमा २१ र ४१ वर्षीया दुई पुरुष छन् । दुवै पुरुष रोजगारीका सिलसिलामा भारतमा थिए । त्यहाँबाट आएका उनीहरु स्वदेशमा क्वारेन्टाइनमा बसेका थिए ।

चीन, युरोप र खाडी मुलुकबाट फर्केका व्यक्तिमा मात्र भाइरस पोजेटिभ फेला परेको थियो । नेपालभित्रै अर्को व्यक्तिलाई पनि संक्रमित तुल्याएपछि त्रास बढेको छ । यसलाई स्थानीय संक्रमण (लोकल ट्रान्समिसन) भन्ने गरिन्छ ।

विदेशबाट आएका व्यक्तिले संक्रमण फैलन नदिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका उपाय अवलम्बन गर्नुपर्ने डा.देवकोटाको भनाइ छ ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार