सुनको मूल्य आज हालसम्मकै उच्च

सुनको मूल्य आज हालसम्मकै उच्च


साताकाे पहिलाे काराेवार दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य १८ सय रूपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १९ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २० हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख २० हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

त्यसैगरी आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ५ सय ४० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ५ सय ४५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo