दुर्गा प्रसाईंकाे दाबी- फागुन १ मा वसन्तपुरमा राजाकै हातबाट दियो बालेर गणतन्त्र फाल्छौँ

दुर्गा प्रसाईंकाे दाबी- फागुन १ मा वसन्तपुरमा राजाकै हातबाट दियो बालेर गणतन्त्र फाल्छौँ


राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गते वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन्।

आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने दाबी गरेका हुन् । ‘२०८० साल फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौँ । र फागुन १ गतेदेखि व्यवस्था परिवर्तनका लागि आजैबाट स्वदेश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि अपिल गर्दैछौँ ।’ उनले भने । 

साथै उनले मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने पनि बताए । 

Skip This
Logo