नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड

नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड


नेपालगन्जबाट रारा विमान स्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएको छ।

नेपाल एयरलाइन्सको नाइन एनएबीयु कल साइन भएको विमान तीनजना यात्रु र चालक दल सहितको बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो। त्यहाँबाट १३ जना यात्रु लिएर नेपालगन्ज उडान गर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या भएपछि ग्राउण्डेड भएको हो।

जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमा नेपालगन्जबाट इन्जिनियर झिकाएर जहाजको समस्या जाँच गरिउको थियो।

त्यस क्रममा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि सोमबार नेपालगन्जका उडान हुने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए। उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरु ताल्चाको होटलमा बसेका छन्।

Logo