#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31230103965041744362522821437
नेपाल641224111747846233

युरोपका नेपालीहरू चिन्तितदेखि पशुपति आर्यघाट सुनसानसम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्ये विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार सुरुवातका चरणमा कोरोना भाइरसको लक्षण नदेखिएका विरामीका कारण यसको महामारी फैलिएको देखिएको छ ।

यस्तै पशुपति बिकास कोषले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि शव जलाउनेदेखि घाट सरसफाइ गर्ने कामदारलाई समेत पिपिइको व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिएका छन् ।

उता अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ भने ५०० नेपाली संक्रमित भएको आंकलन गरिएको छ ।

यसैगरि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि चैत्र ७ गतेदेखि यता आजसम्म देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका ३०५ कैदी थुना मुक्त भएका छन् ।

कोरोना भाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि चीनले एक हजार थान भेन्टिलेटर सहयोग गरेको छ । हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार