सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौँ मेडिकल कलेज (केएमसी)ले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका प्रबन्धक नारायण दाहालका अनुसार सूर्यविनायक वडा नं ८ को वडाकार्यालयमा गरिएको निःशुल्क शिविरमा ६११ बिरामीले लाभ लिएका छन् । जसमा ७९ जनाले ईसीजी, १०४ जनाले ल्याब, ८९ जनाले भिडियो एक्सरे र ७ जनाले दाँत खोलेका थिए । बिरामीमध्ये २२ जनालाई रेफर गरिएको थियो । 

नेपाली कांग्रेसका नेता एवं सांसद डा‍. सुनिल शर्मा नेतृत्वको केएमसीले नागरिकलाई सहुलियतमा सेवा दिइरहेको छ । केएमसी हालै सामाजिक सुरक्षा कोषमा उत्कृष्ट हुँदै सरकारबाट सम्मानित भएको थियाे । 

Logo