कुमारीको इनारमा टेकेको भन्दै फेरी विवादमा गायक प्रकाश सपुत

कुमारीको इनारमा टेकेको भन्दै फेरी विवादमा गायक प्रकाश सपुत


गायक प्रकाश सपुत फेरी विवादमा तानिएका छन्। सामाजिक सञ्जालमा प्रकाश सपुत अभिनित एक पुरानो म्युजिक भिडियो छायांकन बेलाको एक क्लिप यतिबेला विवाद बनेकाे हाे। उक्त दृश्यमा सपुत र जुना विश्वकर्मा वसन्तपुरको एक पानी ट्यांकीमाथि नाचिरहेका छन्। 

क्लिप सेयर गर्दै संजाल प्रयोगकर्ता ‘परदेशी २’ अभिनेतामाथि खनिएका छन्।  यो म्युजिक भिडियोको कोरियोग्राफी शंकर बीसीले गरेका थिए। तर, यसबेला आएर सपुतले सञ्जालमा गाली पाइरहेका छन्।

वसन्तपुरको कुमारी घरनजिकै रहेको उक्त इनारमाथि उभिएर सपुत र जुनाले तीजको गीतमा नाचिरहेका छन्। गीतको भिडियोमा ट्यांकीमाथि उभिएको दृश्य देखिँदैन तर, छायांकन हेरिरहेका दर्शकले सामाजिक सञ्जालमा अहिले आएर पोस्ट गरेपछि यसले चर्चा बटुलेको हो।

‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने बताइएको उक्त ट्यांकीमाथि उभिएर नाचेपछि सपुत आलोचित बनेका छन्। सामाजिक सञ्जालमा उक्त म्युजिक भिडियोको सुटिङ गरेर सपुतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै आलाेचना खेप्नुपरेकाे छ। 

Logo