१५ बुँदे माग राख्दै मोर्चाको आन्दोलनमा जाने चेतावनी

१५ बुँदे माग राख्दै मोर्चाको आन्दोलनमा जाने चेतावनी


१५ बुँदे माग अघि सार्दै सोभाराज थापा नेतृत्वको राष्ट्रिय जनसंघर्ष मोर्चा नेपाल संघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएको छ।  संवैधानिक राजतन्त्र, संघीयता खारेजी, धार्मिक सापेक्ष राष्ट्र, स्वतन्त्र परराष्ट्र नीति, असमान सन्धि सम्झौता खारेजी, सुलभ शिक्षा, रोजगारीको ग्यारेन्टी लगायतका माग अघि सारेको हो। 

काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै मोर्चाले मुलुक भ्रष्ट प्रणालीतर्फ अघि बढिरहेकाले परिवर्तनका लागि प्रजातन्त्रवादी र राष्ट्रवादी शक्ति एक भएर संघर्षमा जानुपर्ने जनाएको छ।  

पत्रकार सम्मेलनमा अध्यक्ष थापा, हरिबोल भट्टराई, एसके तिमिल्सिना, श्याम थापा, उषादेवी तामाङ, जेएन घिमिरे, ईश्वरीप्रसाद भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए। 

Logo