युभेन्टसले नापोलीलाई हरायो

युभेन्टसले नापोलीलाई हरायो


इटालियन सिरी एअन्तर्गत युभेन्टसले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले नापोलीलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ५१औं मिनेटमा फेडेरिको गट्टीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि युभेन्टस लिगको शिर्ष स्थानमा उक्लिएको छ । युभेन्टसको १५ खेलमा ३६ अंक रहेको छ ।

त्यसैगरी नापोलीको १५ खेलमा २४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

Logo