सिंगापुरमा कोरोना सङ्क्रमण बढ्दो

सिंगापुरमा कोरोना सङ्क्रमण बढ्दो


सिंगापुरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित र अस्पतालमा भर्ना हुने बिरामीको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार चेतावनी जारी गर्दै यस्तो जानकारी दिएको हो । 

बढ्दो संक्रमणका कारण देशका अस्पतालमा चाप बताउँदै त्यहाँको स्वास्थ्य मन्त्रालयले धेरै आत्तिनुपर्ने अवस्था भने नभएको जनाएको छ । डिसेम्बर २ सम्म ३२ जनाभन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मार्चसम्म २८ हजारभन्दा बढी संक्रमित भएका छन् । 

शुक्रबार सार्वजनिक हुने दैनिक तथ्यांकअनुसार यो साता १ सय ३६ जनाबाट बढेर २ सय २५ पुगेको छ । तथ्यांकअनुसार नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म कोभिड–१९ का नौ गम्भीर घटनाहरू सार्वजनिक भएका छन् । यी सबै बिरामीलाई आईसीयूमा भर्ना गरिएको छ । मार्चमा ५३ र अप्रिलमा ५४ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयले नागरिकलाई उनीहरूको कोभिड १९ को खोपको बारेमा अपडेट रहन पनि आग्रह गरेको छ ।

Logo