ब्रम्हास्त्र -२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र -२ मा जोडिए रणवीर सिंह


रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट वन–शिवा’ सन् २०२२ मा रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारण यो फिल्म रिलिज भए देखि नै फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा छन् । 

यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको भाग–२ मा देवको भूमिकामा देखिनेछन्। केही मिडिया रिपोर्टहरूमा ऋतिक रोशन वा कन्नड अभिनेता यशले यो भूमिका खेल्न सक्ने अनुमान गरिएको थियो। यद्यपि आधिकारिक रूपमा कसैको नाम पुष्टि भएको छैन। तर अब एक रिपोर्ट अनुसार रणवीर सिंहले ब्रह्मास्त्र पार्ट २ मा देवको भूमिका निभाउने भएका छन् ।

न्यूज १८ को रिपोर्ट अनुसार एक स्रोतबाट जानकारी प्राप्त भएको छ कि ‘ब्रह्मास्त्र– २’ मा महत्त्वपूर्ण भूमिका खेल्न रणवीर सिंहलाई छनोट गरिएको छ र त्यो भूमिका रणवीर कपुरका पिता देवको हो। भूमिकाका लागि फाइनल मात्र नभएर उनले साइन पनि गरिसकेको जनाइएको छ ।

दोस्रो भागको स्क्रिप्टिङको काम अझै जारी छ र फिल्म २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । अहिले अयान मुखर्जी  ‘वार २’ मा व्यस्त छन् भने रणवीरले पनि यसै वर्ष  ‘बैजु बावरा’ को सुटिङ सुरु गर्नेछन् । तसर्थ, ब्रह्मास्त्र २ कहिले आउने हो भन्ने अझै स्पष्ट छैन।

स्रोतका अनुसार यदि सबै ठीक भयो भने रणवीरले सन् २०२४ को मध्यमा सञ्जय लीला भन्सालीको ‘बैजु बावरा’ सुरु गर्नेछन्। 

यसअघि ‘ब्रह्मास्त्र २’ को छायांकन २०२५ को सुरुमा सुरु हुने भनिए पनि अब ‘डन–३’ सोही समयमा फ्लोरमा जाने बताइएको छ । यस्तो अवस्थामा रणवीरले पहिले ‘डन ३’ र त्यसपछि ‘ब्रह्मास्त्र २’ को सुटिङ गर्नेछन्।

‘ब्रह्मास्त्र’ को कुरा गर्दा यो फिल्म बक्स अफिसमा सुपर डुपर हिट भयो । फिल्मको भिएफएक्स र फोटोग्राफीको निकै प्रशंसा भएको थियो । फिल्ममा रणवीर कपुर र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए भने शाहरुख खानले फिल्ममा केमियो गरेका थिए । ब्रह्मास्त्र २०२२ को ब्लकबस्टर फिल्महरू मध्ये एक थियो जसले विश्वव्यापी रूपमा ४३१ करोड कमाएको थियो। ब्रह्मास्त्रले भारतमा २६९.४ करोडको व्यापार गरेको थियो ।

Logo