राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो बैठक

राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो बैठक


नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ ।

बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ ।

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने छ । देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा केही नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिने छ ।

Logo