धादिङ केन्द्रबिन्दु भएर भूकम्प

धादिङ केन्द्रबिन्दु भएर भूकम्प


धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार भूकम्प गएको छ। बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो। यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । 

Logo