भारतमा गाडी र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु

भारतमा गाडी र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु


भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। 

नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको जलेर मृत्यु भएको हो।  दुर्घटना बरेली जिल्लाको भोजीपुरा थाना क्षेत्रको नैनीताल राजमार्गमा भएको हो। प्राप्त जानकारी अनुसार कारको टायर फुटेपछि ट्रकसँग ठोक्किएको हो।

बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्कियो र त्यसपछि टाँसिएर आगो लागेको बताए। गाडी भित्रबाट सेन्ट्रल लक भएको कारण मानिसहरु बाहिर निस्कने मौका पाएनन् र सबै जलेका थिए। मृतकलाई बाहिर निकालिएको छ। जसमध्ये ७ जना वृद्ध र एक बालक रहेका छन्।

Logo