क्यामेरा च्याम्पियन सि ५३ अब नयाँ भेरिएन्टमा उपलब्ध

क्यामेरा च्याम्पियन सि ५३ अब नयाँ भेरिएन्टमा उपलब्ध


स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५३ ६+१२८ जीबी भेरिएन्ट बजारमा उपलब्ध भएको छ । आफ्ना ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धता अनुरुप सि ५३ को ६+१२८ जीबी भेरिएन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट क्यामरा, स्लीक डिजाइन र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय ४/१२८ जीबी भेरियन्टको रियलमी सि ५३ को सफलताको आधारमा नयाँ ६/१२८ जीबी भेरियन्टले उपभोक्ताहरूका लागि अझ बढी इमर्सिभ अनुभव दिने विश्वास कम्पनीले लिएको छ ।

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने कम्पनीकाे भनाइ छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सर रहेकाे छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ कम्प्याक्ट, लाइट वेट डिभाइस हाे। १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन ।

रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरू रहेकाे छ ।

६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा १८,९९९ रूपैयाँमा उपलब्ध छ ।

Logo