सैन्य शक्ति बढाउँदै रुस

सैन्य शक्ति बढाउँदै रुस


रुस लगातार आफ्नो सैन्य शक्ति बढाउनमा लागिरहेको छ।

सोमबार मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई आणविक पनडुब्बी (पानी जहाज) को झण्डा फहराउने समारोहमा सहभागी भएका थिए। पुटिनले सेभमाश जहाज निर्माण यार्डमा अलेक्ज्याण्डर थर्ड र क्रास्नोयार्स्क पनडुब्बीहरू हेर्न उत्तरी शहर सेभेरोडभिन्स्कको भ्रमण गरेका गरेका हुन्। 

पुटिनले यसलाई रुसी नौसैनिक शक्ति प्रक्षेपण गर्ने रणनीतिक प्रयासको एक हिस्साको रूपमा ब्याख्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पुटिनले दुवै आणविक उर्जा जहाज दुई फरक पनडुब्बी शृङ्खलाको हिस्सा भएको र रुसले तैनाथ गर्न लागेको बताए। यी चाँडै प्रशान्त क्षेत्रमा तैनाथ गरिने पनि जानकारी दिए।

पुटिनले आर्कटिक, ब्ल्याक सी, बाल्टिक सागर, क्यास्पियन सागर र विश्वका महासागरहरूको सबैभन्दा महत्वपूर्ण रणनीतिक क्षेत्रहरूमा रूसी नौसेनाको लडाई तयारीलाई तिब्र बनाइरहेका छन्। 

Skip This
Logo