नक्सालमा खुल्याे फेमिना फ्लान्ट स्टुडियो सलुन, मिस भारत नन्दिनीले गरिन् उद्घाटन

नक्सालमा खुल्याे फेमिना फ्लान्ट स्टुडियो सलुन, मिस भारत नन्दिनीले गरिन् उद्घाटन


काठमाडौंका सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्लान्ट स्टुडियो सलुन खुलेको छ । 

भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्य पारखीहरुको उपस्थिति थियो । 

भारतका शहरी युवती र महिलाहरुमाझ विगत ६० वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको म्यागजिन हो फेमिना । यसले भारतको सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा ठूलो रुपान्तरण ल्याइदिएको छ । साथै यसले महिलाहरुको बहुआयमिक व्यक्तित्व विकासमा उल्लेखनीय काम गरेको छ । 

सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वर्ल्ड २०२३ पनि हुन् । निमन्त्रणालाई सहर्ष स्वीकार गरी काठमाडौंमा सौन्दर्य पारखीहरुको एउटा संग्राहलय जस्तो मानिने फेमिना फ्लान्ट स्टुडियो सलुनको समुद्घाटन गरिदिएकोमा मिस भारत नन्दिनीप्रति कम्पनीले आभार प्रकट गरेकाे छ । 

काठमाडौंको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स इण्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फ्लान्ट स्टुडियो सलुन स्थापना गरिएको हो । यस्तो सेवा विश्व बजारमा विस्तार गर्दै लैजाने अभियानको प्रारम्भिक शुभारम्भ नेपालबाट गरेको पनि  कम्पनीले जनाएकाे छ ।

साे अवसरमा प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले उपभोक्ताहरु स्वास्थ्य र गुणस्तरमा चनाखो हुन थालेकोले समयको मागलाई दृष्टिगत गरी फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको बताएकी छन् । उनका अनुसार यो स्टुडियो सौन्दर्य प्रशाेधनका क्षेत्रमा एउटा एकेडेमीको रुपमा रहनेछ र यसले यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरीय प्रमाणपत्र पनि दिने सोच राखेको छ । यस स्टुडियोको स्थापनापछि नेपालको सौन्दर्य पारखीहरुका चाहना पूरा हुनुका साथै सौन्दर्य फेशन र जीवनशैलीसँग सम्बन्धित यो उद्योगले एउटा नयाँ उचाई हासिल गर्ने कम्पनीकाे विश्वास  छ । 

Logo