‘धेरै माया नगर्नु यहाँ कसैलाई’ लिएर आइन् पुर्णिमा लामा [भिडियाे]

‘धेरै माया नगर्नु यहाँ कसैलाई’ लिएर आइन् पुर्णिमा लामा [भिडियाे]


नेपाली गीत संगीत क्षेत्रको आधुनिक गायनमा निकै लोकप्रियता कमाउन सफल गायिका पुर्णिमा लामाले लामो समयको अन्तरालपछि नयाँ गीतकासाथ दर्शकमाझ आएकी छन्। 

लोकप्रिय गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द, संगितमा रहेको 'धेरै माया नगर्नु यहाँ कसैलाई' बोलको गीत पुर्णिमाले आफ्नै युट्युव च्यानल पुर्णिमा लामा अफिसियल्सबाट सार्वजानिक गरेकी हुन्। मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा पुर्णिमा आफै फिचर्ड छिन् ।ध्वनी सम्पादन खड्का बाजुरालीको रहेको छ भने गीतको भिडियोमा देवराज आचार्यको छायाकंन रहेको छ। 

संगीतलाई नै आफ्नो कर्म मान्ने पुर्णिमा घाँटीमा भएको समस्याका कारण केहि वर्षदेखि चिकित्सकको सुझाव आराम गरिरहेकी थिइन् । लामो समयपछि आफूले गाएको गीत अत्यन्तै मार्मिक रहेको र सक्दो न्याय गरेर गाएको पुर्णिमाले बताइन् ।स्वास्थ्य अवस्थाको कारण लामो समय सम्म गीत संगीत क्षेत्रबाट ओझेलमा बस्नु परेका थियो।

'लामो समयसम्म मेरा भगवानरुपी शुभचिन्तक तथा दर्शकहरुलाई नयाँ सांगितीक कोशेली पस्किन नपाएकोमा म आफु पनि दुखी थिए तर अब म पुनःबिगतमा जस्तै फेरी पनि मेरो कर्म क्षेत्रको मैदानमा यो नयाँ कोसेली सहित उपस्थित भएको छु ।मलाई आशा छ मेरा भगवानरुपी शुभचिन्तक तथा दर्शक हरुले बिगतमा जस्तै माया गर्नु हुनेछ ।' पुर्णिमाले भनेकी छन् । 

 

Logo