#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605590836730430070352681569
नेपाल140161176219

आँचलका श्रीमान् ‘बच्चाको बुबा’ भएको चर्चा

नायिका आँचल शर्मा र उदिप श्रेष्ठले एक वर्ष लामो प्रेम सम्बन्धलाई फागुन २९ गते विवाहमा परिणत गरे । निकै तामझामका साथ विवाह गरेकी आँचलको विवाहमा गरेको खर्च, लुगा गहना अझ रिसेप्सन पार्टीमा हेलिकप्टर प्रयोग गरेको कुराले बजारमा राम्रै स्थान पायो ।

तर, यो सँगै उदिपको पहिलो विवाहको हल्ला पनि जताततै सुनियो तर आधिकारिक जानकारी भने बाहिर आएन । बजारमा चलेको हल्लाका अनुसार ‘उदिपको पहिले नै विवाह भइसकेको थियो र जसबाट एक सन्तान पनि थियो । फिलिपिन्समा विवाह गरेका उनले डिभोर्स गरेका हुन्’।

यति ठूलो हल्ला चलिरहँदा पनि आँचल र उदिपले केही बोलेका थिएनन् । तर केहि समय अघि मात्र एक टेलिभिजन अन्तर्वार्तामा उदिपले आफू दुई वर्ष लामो प्रेमसम्बन्धमा रहेको स्वीकार गरेका छन् । उनले आफू फिलिपिन्समा हुँदा एक महिलासँग रिलेसनमा रहेको र दुई वर्ष पछि सम्बन्ध टुटेको बताएका छन् ।

यद्यपि उनले बच्चाको बारेमा केही बोलेका छैनन् । उदिपले आफ्नो सम्बन्ध किन टुटेको भन्ने पनि आफ्नो व्यक्तिगत कुरा भएको र यसबारे थप बोल्न नचाहने बताएका छन् । आँचलले समेत व्यक्तिगत कुरा भएकाले यसबारे नबोल्नै ठिक हुने बताएकी छिन् ।

उनले आफ्नो र नायक पल शाहको सम्बन्ध र विवाहमा उनी नआउनु पनि ‘पल’को व्यक्तिगत कुरा भएको बताएकी छिन् । यसमा आफ्नो भन्नु केही नभएको उनी सुनाउँछिन् ।

सम्बन्धित समाचारहरु