#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660846238858730260043193871
नेपाल2634102334290

लकडाउन प्रभावकारी बनाउन ट्राफिक प्रहरीको यस्तो सक्रियता (भिडियोसहित)

काठमाडौं ।
लकडाउन कार्यान्वयनमा सक्रिय ट्राफिक प्रहरीले आफुहरु सुत्ने ठाउँमा पनि सोसल डिस्टेन्सिङ लागू गरेको छ । प्रहरी अधिकारीहरु सुत्ने बेडलाई एक मिटरको दुरी कायम गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रहरी अधिकारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यालयमा सोसल डिस्टेन्सिङ लागू गरिएको जानकारी दिए ।

उक्त विषय कार्यान्वयन भए नभएको कमाण्डरबाट अनुगमन समेत भइरहेको उनले बताए । उनले काठमाडौं उपत्यकामा सुरुका दिनहरुको तुलनामा लकडाउन प्रभावकारी बन्दै गएको बताए । लकडाउनको पहिलो दिन गुडेका सवारीसाधनलाई जहाँबाट आएको त्यहि फर्काइएको थियो । लकडाउन उलङ्घन बढेपछि ट्राफिक प्रहरीले दोस्रो दिन एक हजार ६३ सवारी दिनभरि होल्ड गरेर सम्झाईबुझाइ फिर्ता गरेको थियो ।

महाशाखाका अनुसार फिल्डमा खटेका ट्राफिक प्रहरीलाई विश्व स्वास्थ्य सङ्ठनले दिएको निर्देशनको पालना सहित कसरी जोखिमबाट सुरक्षित रहने भनी पर्याप्त व्रिफिङ गरिएको छ । सामाजीक दुरी कायम राख्दै पञ्जा, मास्क लगाउने तथा पटक पटक सावुन पानीले हात धुने लगायतका व्यवस्थासहित ट्राफिक प्रहरी सडमा खटिरहेको महाशाखा प्रमुख ढकालको भनाइ छ ।


 

सम्बन्धित समाचारहरु

ताजा समाचार