#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660846238858730260043193871
नेपाल2634102334290

प्रहरीको तलव काट्न लागेको भन्दै ब्यापक आलोचना (भिडियोसहित)

काठमाडौँ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बैशाखको तलबबाट निश्चित रकम काटेर सरकारी राहत कोषमा जम्मा गर्ने भन्दै एउटा सूचना जारी गर्याे । सूचनामा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) को ३ दिनको तलव, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) को ५ दिनको तलव काटिने उल्लेख छ ।

त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) को ७ दिनको तलब काट्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचना सार्वजनिक भए लगतै प्रहरीको तलब काट्नु न्यायोचित नभएको बरु प्रोत्साहन भत्ता दिलाउनु पर्ने माग गर्न थालिएको छ । यतिबेला सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा मन्त्री र सांसदको तलव नकाटिएको तर प्रहरीको तलव काटिएको भन्दै आलोचना भइरहेको छ । भिडियोमा :

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार