एजेन्डामा महामन्त्री थापा र मबीच एक इन्च पनि फरक छैनः शेखर कोइराला

एजेन्डामा महामन्त्री थापा र मबीच एक इन्च पनि फरक छैनः शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश ठिक तरिकाले नचले पनि आफ्नो समूह ठिक तरिकाले चलिरहेको बताएका छन् । 

बुधबार अनुपम फुडल्यान्डमा बसेको उनको समूहको बैठकपछि सञ्चारकर्मीसँग नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन । कांग्रेस र देश ठिक तरिकाले चलेको छैन, हाम्रो समूह ठिक छ ।’

समसामयिक विषयमा भेला र छलफलका लागि आफ्नो समूह बैठक बेला बेलामा बस्ने गरेकाले सञ्चारकर्मीले त्यसलाई ठूलो विवादको विषय बनाउन नहुने उनले बताए । 

बैठकमा पार्टीका महामन्त्री गगन थापा पनि सहभागी भए । धेरैपछि थापा पुनः कोइरालाको भेलामा सहभागी भएको विषयमा सञ्चारकर्मीले सोधेका थिए । नेता कोइरालाले आफ्नो र महामन्त्री थापाका एजेन्डामा मतान्तर नभएको प्रष्टीकरण दिए । उनले भने, ‘पहिले पनि थिएन फरक एजेण्डामा, अहिले पनि छैन । एजेन्डामा कुनै पनि फरक मत छैन । हाम्रो त्यही कारण आज हामी जुटेका हौं । एजेन्डामा महामन्त्रीजी र मेरो बीचमा कुनै एक इन्च पनि फरक छैन । उहाँको उमेर र मेरो उमेर फरक छ । उहाँको सोचाइ र मेरो सोचाइ फरक छ, त्यसले मात्रै हो । एजेण्डा हाम्रो कुनै फरक छैन ।’ 

Logo