सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मर्का पर्‍याेः अध्यक्ष मल्ल

सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मर्का पर्‍याेः अध्यक्ष मल्ल


नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौँ महानगपालिकाको सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मारपर्ने बताएका छन्।

उनले महानगरभित्र सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्नरोक लगाउने कुरा स्वागतयोग्य भएपनि कारोबार नै गर्न नदिने कुरालेसाना व्यवसायीहरु मारमापर्ने बताएका हुन्। 

‘सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न नहुने कुरा स्वागत योग्य छ, अन्तराष्ट्रिय प्रचलन नै छ।’ उनले भने,‘तर कारोबार नै गर्न नदिने कुराले चाँही साना व्यवसायीलाई मार पर्छ। सार्वजनिक स्थलमा सेवन निषेध गरेपनि कारोबारलाई भने बन्द गरिनु हुँदैन।’ 

काठमाडौँ महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। यसका लागि महानगरले सहरका मुख्य चोकहरुमा ५० जना नगर प्रहरी समेत परिचालन गरेको छ। 

महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ। त्यस्तै, सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ। 

Logo