भोजपुरमा ओलीलाई कालो झण्डा देखाउने ‘पहिचानवादी’ पक्राउ

भोजपुरमा ओलीलाई कालो झण्डा देखाउने ‘पहिचानवादी’ पक्राउ


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन्।पहिचान पक्षधरहरूले नेकपा एमालेको सङ्कल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् ।

मध्यपहाडी सङ्कल्प यात्राअन्तर्गत १५औँ दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ समेत गरेको छ।

ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले,मनि राई, तायावुङ राईलगायत पक्राउ परेका छन्।

कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीले एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

Logo