शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश


नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाकाे एकल इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे हाे । 

खाणका वकिल र सरकारी वकिलहरू दुवै पक्षको बहस आजै सकिएको थियो । खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरेका थिए। प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि खाणको पक्षमा बहस गरे । सरकारका तर्फबाट सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो। बिहीबार अर्को कोइरालाकाे इजलासले यसबारे निर्णय गरेको हो । 

हेर्नुहाेस्, आदेश- 

 

 

 

Skip This
Logo