नेत्र ज्योति संघद्वारा भूकम्प पिडितलाई राहत सहयोग

नेत्र ज्योति संघद्वारा भूकम्प पिडितलाई राहत सहयोग


नेपाल नेत्र ज्योति संघले भूकम्प पिडितहरुलाई राहत सामग्री सहयोग गरेको छ।

संघले जाजरकोटको नलगाड नगरपालिका वडा नं १ चिउरिका २०१ परिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरेको हो। गत कार्तिक १७ गते राति गएको भूकम्प प्रभावितहरुलाई मंसिर २४ गते सोमबार राहत सामग्री वितरण गरिएको छ।

भूकम्प प्रभावितका २०१ दलित परिवारलाई चामल,दाल,बेसार र नुन वितरण गरिएको नेपाल नेत्रज्योति संघका कर्णाली प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए। गरिबीको रेखामुनी रहेका परिवारहरुलाई भूकम्पले थप पिडा दिएको अवस्थामा संघका तर्फबाट सानो भएपनि सहयोग गरिएको उपाध्यक्ष मल्लले बताए।

नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यालय, किर्तिपुर आँखा अस्पताल, गेटा आँखा अस्पताल, गेटा आँखा अस्पतालमा कार्यरत कर्मचारीबाट संकलित रकम, जिल्ला शाखा कैलाली, जिल्ला शाखा गुल्मी, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, आई केयर फान्डेशन, रिड्ली फाउन्डेशन र पवन न्यौपाने तथा द्रोणप्रसाद गुरागाँई बाट व्यक्तिगत रुपमा प्राप्त रकमको खाद्यान्न सामाग्रिहरु खरिद गरि जिल्ला विपत् व्यवस्थापन समिती संगको समन्वयमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली मार्फत वितरण गरिएको हो।

Logo