कांग्रेसलाई नयाँ ऊर्जासहितको नेतृत्व चाहिएको छ, फागुनमा दिशानिर्देश हुन्छः विश्वप्रकाश शर्मा

कांग्रेसलाई नयाँ ऊर्जासहितको नेतृत्व चाहिएको छ, फागुनमा दिशानिर्देश हुन्छः विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।  

कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा महामन्त्री शर्माले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका हुन् । “आगामी फागुनमा हुने महाधिवेशन बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ”, उनले भने, “पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ ।” 

कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने महामन्त्री शर्माले बताए । उनले देशलाई अब विकासमात्र नभएर गुणस्तरीय विकास चाहिएको बताए । 

Logo