२५ किलो चरेससहित दुई जना पक्राउ

२५ किलो चरेससहित दुई जना पक्राउ


प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए।  २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ गरिउको थपलियाले बताए। 

यसैगरि, शनिबारमात्र अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले बताए। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Logo