हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान


प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ।

गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औँ मिनेटमा टम मैदानमै ढलेका थिए। मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोगका लागि पुगेका थिए।

उनकाे मैदानमै प्राथमिक उपचार गराएपछि अस्पताल लागिएको थियो। प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताएको छ। सो घटनापछि रोकिएको खेलपछि स्थगित गरिएको थियो। क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। 

टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए। त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो। गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसन पछि फेरी खेल्न अनुमति दिएका थिए।   

Skip This
Logo