राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने

राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने


राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौँमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समिक्षा पनि गरेको छ। 

अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल साबित भइसकेकोले यो त्रुटिपूर्ण मार्ग चित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण गर्दै नयाँ जनआन्दोलनको आवश्यकतामा जोड दिए। 

थापाले आन्दोलनलाई सफल बनाउन वृहत राष्ट्रवादी प्रजातान्त्रिक मोर्चाको निर्माण आवश्यक भएकोले मोर्चा निर्माणमा पार्टीले तदारुकता देखाएको र यसलाई निष्कर्षमा पुर्याउन सबैको सकारात्मक भूमिका र पहल आवश्यक रहेको चर्चा गरेका छन्।

कार्यक्रम अनुसार मध्यमाञ्चलको पौष १२ गते काठमाडौँमा, तराई मधेस क्षेत्रको १६ गते जनकपुरमा, मध्यपश्चिमको पौष १८ गते बुटवलमा, कर्णालीको पौष २० गते सुर्खेतमा र सुदूरपश्चिमको २२ गते कंचनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने मिति तय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार पश्चिमाञ्चलको र पूर्वाञ्चलको मिति पछि तय गरिनेछ। उपत्यकाभित्र भक्तपुरमा आगामी पौष १४ गते जिल्ला कार्य समितिले सभा आयोजना गर्ने समेत पार्टीले जनाएको छ।

Logo