अमेरिकी संसदमा दंगा प्रकरणः डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित

अमेरिकी संसदमा दंगा प्रकरणः डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित


अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार नै बन्न नपाउने भएका छन् । योसँगै उनको ह्वाइटहाउस प्रवेश गर्ने चाहनामा पूर्ण विराम लागेको छ । क्यापिटल हिंसाको मुद्दामा कोलोराडो राज्यको मुख्य अदालतले मंगलबार ट्रम्पलाई अमेरिकी संविधानबमोजिम राष्ट्रपति पदका लागि अयोग्य घोषित गरेको हो । 

अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दावेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ । अमेरिकी राजनीतिक इतिहासमा १४औं संशोधनको धारा ३ अनुसार एक राष्ट्रपति उम्मेद्वार अयोग्य बनाउनका लागि प्रयोग गरिएको हाे। 

ट्रम्पकोविरुद्धमा फैसला गर्ने अदालतका सबै न्यायाधीशहरू डेमोक्रेटिक पार्टीका गभर्नरहरूले नियुक्त गरेको रहेका अमेरिकी सञ्चारमाध्यमहरुले दावी गरेका छन् । कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो । 

तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल (अमेरिकी संसद) मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो । उच्च अदालतले जनवरी ४ सम्म वा अमेरिकी सर्वोच्च अदालतले यस विषयमा निर्णय नगरेसम्म आफ्नो निर्णय रोकेको छ । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।

Logo