#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व576344135595629300692477416
नेपाल8864699183

संकटमा फाइदा लुट्ने कि पीडितलाई सहयोग गर्ने ?

काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले मानिसहरुमा त्रास फैलाएको छ । यसले वैज्ञानिक तथा अनुसन्धानकर्तालाई समेत चकित बनाएको छ । अहिले सबै मानिसको ध्यान कोरोनाबाट कसरी बच्ने भन्नेमा केन्द्रित छ।

अहिले कोरोनाले गर्दा पैसा महत्वपूर्ण भन्दा पनि मानिसको जीवन पहिलो हुन पुगेको छ । जति नै धन सम्पति र पैसा भए पनि मानिसको पहिलो पक्ष जीवनरक्षा तथा खान पाउनु भएको छ। कोरोनाले एक सेकेन्ड पनि फुर्सदको समय नहुनेहरु अहिले घरको कोठामा नै नजरबन्दमा बस्नु परेको छ।

चीनको वुहान सहरबाट करिव ४ महिना अगाडि देखा परेको थियो कोरोना । यसरी देखा परेको यो भाइरसले अहिले विश्वव्यापी महामारीको रुप लिएको छ । यसले कुनै सम्पन्नता भएको मुलुक, गरिब मुलुक पनि भनेको छैन । यसले कुनै रंगभेद, न जात, धर्म, संस्कृति न कुनै विचारका आधारमा नै विभेद गरेको छ । यसले कसैलाई पनि छोडेको छैन । यसरी विश्वलाई तेस्रो विश्वयुद्ध तिर धकेलेको छ । पहिला भएका विश्व युद्वहरु आणविक हातहतियारमा चलेको थियो तर यसले अदृश्य जैविक रुपमा विश्वको आर्थिक गतिविधिलाई तहसनहस बनाएको छ।

यस्तो विश्वभरि महामारीको रुप लिएकाले नेपाल पनि यसबाट अछुतो छैन । नेपाल पनि कोरोनाको चपेटामा परेको छ। यसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गते देखि लकडाउन गरेको छ। लकडाउन गर्दा मुलुक भित्र चलिरहेका उधोगधन्दा कलकारखाना, होटल, पर्यटन तथा विकास निमार्णका काम ठप्प भएका छन् ।

यसरी सबै आर्थिक गतिविधि ठप्प भएकाले विभिन्न समस्या आउन थालेका छन् । सबैभन्दा ठूलो समस्या भनको विभिन्न सेक्टरमा काम गर्ने मजदुर तथा दैनिक ज्वालादारीमा काम गरि बिहान बेलुका चुल्हो बाल्ने वर्गमा परेको छ। काम नभएको र काम गर्ने ठाउँमा बस्दा पनि खान नपाउने भएपछि आफ्नो गाउँमै जाने भन्दै यातायातका साधन विना हिंडेर नै गाउँ फर्कन थालेका छन् ।

सरकारले पनि मजदुरको लागि छुट्टै राहतको प्याकेज ल्याउन सकेन । खान नपाएकाहरुलाई केही राहत दिने भने पनि लकडाउन भएको २१ दिन हुँदा समेत राहत दिन सकेको छैन । बरु सरकार भन्दा पहिला यस्तो संकटको घडीमा सरकारले गर्नु पर्ने काम प्रचारको लागि भन्दा पनि मानवीय सहायताको लागि विभिन्न संघसंस्थाले वा व्यक्तिगत रुपमा सहयोगी मनहरु अग्रसर रहेका छन् ।

अहिले कोरोना भाइरसको संक्रमणबाट आफू बच्ने सबैभन्दा सर्वोत्तम उपाय अरूलाई बचाउनु हो । यसमा साझा धारणा आफू पनि बाँचौ, अरुलाई पनि बचाउँ भन्ने हो भने हामीले अरूलाई बचाउन सकियो भने यसको संक्रमण फैलिनबाट रोकथाम हुन्छ र, आफू पनि जोगिन सकिन्छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय हुन्, व्यक्तिगत सम्पर्क हुने गरी भिडभाडमा नजानु, साबुनपानीले हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र हिँडडुल गर्दा मास्क प्रयोग गर्नु आदि ।

तर, केही व्यवसायीले यो मानवीय संकटमा यथार्थ भुले । आफ्नो मनलाई साँघुरो बनाए । स्यानिटाइजर, थर्मल गन, बजारमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको र मास्क जस्ता उपयोगी वस्तु लुकाए, बजारमा कृतिम अभाव सिर्जना गरेर अतिरिक्त आर्जन गर्न खोजेको पनि पाइएको छ।

यस्तो बेलामा पनि कालोबजारी गरेर अकुत सम्पति आर्जन गर्ने सङकुचन मन भएका धनी व्यापारीहरु नै कालोबजारीमा लागेको पाइएको छ। पीडित र सरकारलाई सहुलियतमा सामान उपलब्ध गराएर सहयोग गर्नुको सट्टा उल्टो ५ हजार पर्ने सामान १६ हजारमा बेच्दै हिड्ने उधोगी, व्यवसायी शुलभ अग्रवाल नै कालोबजारीमा लागेको उदाहरण पाइसकेका छौं ।

यो एउटा उदाहरण मात्रै हो । देशमा जब जब संकट पर्छ तब तब व्यवसायी तथा व्यापारीहरुले जुन वस्तुको संकट छ त्यसमा नै कालोबजारी गर्ने पुरानो शैलीलाई कोरोना भाइरसको, महामारीमा पनि छोडेन । यसमा सबै व्यवसायी र व्यापारीहरु पर्दैनन् । कुनै व्यवसायीहरु मानवियता भन्दा पनि माथि उठेर राज्य र पीडित जनता सामु भगवान बनेर उदार मन बनाउनेहरु पनि रहेका छन् । एक जनाले खराबले गर्दा अन्य मनकारी व्यापारीको समेत बदनाम भएको छ।

सहयोगी मनहरु
बजारमा स्यानिटाइजर, मास्क जस्ता कोरोना भाइरसको संक्रमणबाट जोगिने वस्तुको अभाव भएका बेला आफ्नो छाती फराकिलो पार्ने नेपाली मनहरु यस्तो बेला पनि देखिएका छन् । ती मध्येका एक हुन्, झापाका अमित मेचे । उनी हाल राजधानीको मैतीदेवीमा बसोवास गर्छन् ।

केही दिन यता अमितले आफ्ना केही साथीहरूको सहयोगमा उत्पादन गरेको मास्क सडकमा रहेर काम गर्ने विभिन्न पेसा र समुदायका व्यक्तिलाई निःशुल्क रुपमा वितरण गरे । उनले करिब १ हजार मास्क राजधानीको मैतीदेवी क्षेत्रमा कार्यरत प्रहरी, फोहोर उठाउने कामदार, सञ्चारकर्मीलगायतलाई वितरण गरेका थिए ।

लकडाउनले देश ठप्प भएपछि उपत्यकाबाट बाहिरी जिल्ला जाने मजदुरहरुको लाइन लाग्न थालेको छ। भने उपत्यकामा मात्रै नभइ विभिन्न जिल्लामा विकास निर्माणका ठूला आयोजनामा काम गर्ने मजदुर काठमाडौं हुदै पश्चिम तिर जाने पनि त्यति कै देखिएका छन् ।यसरी जानेहरु कोही खालिखुट्टा नै १०/१५ दिनको बाटो हिंडेर गइरहेका छन् ।

यस्तो गरि उपत्यकाबाट बाहिर पूर्वका जिल्ला निस्कने मुख्य नाका काभ्रेको धुलिखेल रहेको छ । यसरी काठमाडौंबाट बिहान ३ बजे नै उठेर गाउँको यात्रामा लाग्नेहरु बाटोमा धेरै भटिने गरेका छन् । यसरी यात्रा गर्ने तथा अप्ठ्यारा परेकालाई सघाउनको लागि उदार मन भएका धुलिखेल नगरपालिकाका स्थानीय क्लव तथा त्यहाँका स्थानिय मानिसहरुले तथा पैदलयात्रीलाई खाजादेखि जुत्तासम्मको व्यवस्था गरेर आहात पुगेका नागरिकलाई राहत दिने गरेका छन् ।

यो कार्यमा धुलिखेल नगरपालिका वडा नम्बर ३ का स्थानीय युवाहरुले स्वतःस्फूर्त सहयोग थालेका हुन् । यस्तो सकस छ, लकडाउनले गर्दा विपद् हुन्छ भनेर आफ्नो गाउँ फर्केकालाई निकै शास्ती देखेर आफू बचौँ, अरुलाई पनि बचाऔं भनेर आफूहरुले यस्तो काम थालेका उनीहरुको भनाइ छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार