मन्त्री किरातीको अभिब्यक्तिको विरोधमा प्रदर्शन हुने

मन्त्री किरातीको अभिब्यक्तिको विरोधमा प्रदर्शन हुने


नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको 'विवादस्पद अभिब्यक्ति' लाई लिएर काठमाडौँमा विरोध प्रदर्शन गरिने भएको छ।  ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किरातीले दिएकाे अभिब्यक्तिको विरोध गर्दै काठमाडौँमा प्रदर्शन गर्न लागिएको हो। 

विरोध सभाका एक आयाेजक तथा संगत संस्कृतिका संयाेजक पुष्पराज पुरूषका अनुसार सो विरोध सभा बिहीबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ। उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजेदेखि सो विरोधसभा सुरू हुनेछ।

सो विरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन्। जसअनुसार सो विरोध सभामा ‘सुदन किराती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर’, ‘धर्म निरपेक्ष मूर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ।

Skip This
Logo